यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा
कञ्चनपुर - कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो। टस जीतेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा कैललाीलाई १४१ रनको लक्ष्य दिएको थियो। डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाउन सफल भए । अरुणप्रकाश दानी ३१ बलमा १७ रन,बिकास ऐर १८ बलमा अविजित १७ रन,निर्मल पुनमगर ३७ बलमा १६ रन, दिपक बोहराले १७ बलमा १४ रन र सचीन साउँदले २३ बलमा १४ रन बनाउन सफल भए। १४२ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित ४० ओभरको खेलमा २६.१ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७९ रन मात्रै बनाउस सक्यो। कैलालीका लागि नरेन साउँदले १४ बलमा सर्वाधिक १८ रन बनाए।
प्रवेश साउँद २४ बलमा २४ रन, सन्दिप बिष्ट ३९ बलमा १४ रन तथा दिनेश ओडले २७ बलमा १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो जोड्न सकेनन उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण बिष्ट घोषित भए।
कञ्चनपुरको कभर्डहल स्थित खेलमैदानमा भएको दोश्रो खेलमा अछामले बझाङलाई पराजीत गरेको छ। टस जीतेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४।३ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा १६० रन बनाउनसक्यो।
अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाउन बनाए। विनय जोशी ७७ बलमा २९ रन,आशिष बुढाऐर १३ बलमा १८ रन र जित साउँदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन। १६१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ४० ओभरको खेलमा २२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा १३८ रन बनाउन सफल भयो। बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन बनाउन सफल भए।
सञ्जय बोहरा १८ बलमा १६ रन पारस रोकाया १८ बलमा १० रन र नरेन्द्र रानाले २५ बलमा ११ रन बनाउन सफल भएपनि आफ्मो टीमलाई जित दिलाउन सकेनन। उक्त खेलका म्यान अफ दी म्याच अछामका युवराज खत्री घोषित भए। जिल्ला क्रीकेटसंघ कञ्चनपुरका स्कोरर नरेन्द्र राज भट्टले बुधबार बैतडी भर्सेस कैलाली र अछाम भर्सेस कञ्चनपुरबीच खेल हुने बताए ।