Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेसीको नजरमा यी ३ राष्ट्र, विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदार

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदार रहेको बताएका छन्। विश्वकप नजिकिएसँगै मेसीले साउथ अमेरिका फेडेरेसनसँग कुरा कानी गर्दै यस्तो बताएको हो ।

मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेको बताएका छन् ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लागि पर्नेछन् ।

‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा अली माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् ।

विश्वकप फुटबलको उदघाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्याण्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५८
प्रतिक्रिया दिनुहोस्