Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला : यूएईविरुद्ध जितको प्रतीक्षामा नेपाल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ।

नेपालले यूएईलाई पराजित गर्न नसकेको ३ वर्षभन्दा बढी भइसकेको छ। सन् २०१९ जनवरी-फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी-२० आई र ओडीआई दुवैमा पराजित गरेको थियो। त्यसयता नेपालले यूएईलाई दुवै फर्म्याटमा पराजित गर्न सकेको छैन। ओडीआईमा नेपाल यूएईसँग निरन्तर पराजित भइरहेको छ भने नेपालको टी-२० विश्वकप खेल्ने सपना पनि यूएईले नै खोसेको थियो।

यूएई नेपालको लागि परिचित प्रतिद्वन्द्वी नै हो। नेपालले पनि यूएईलाई धेरै पटक हराइसकेको छ। तर, सन् २०१८ मा ओडीआई मान्यता पाएपछि भने नेपालका लागि यूएई बलियो चुनौती बन्दै आएको छ।

यस्तो छ नेपाल–यूएईको हेड टु हेड

एसिया कप छनोट २०१८ अगस्टः यूएई ७८ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः यूएई ३ विकेटले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः नेपाल १४५ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरीः नेपाल ४ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्चः यूएई ४८ रनले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्चः यूएई ९९ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बरः यूएई ८४ रनले विजयी

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५०
प्रतिक्रिया दिनुहोस्