Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल आज

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ–नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरू हुनेछ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ । पाकिस्तान झण्डै ३ वर्ष लामो फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तराष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको खेलको लागि नेपाली टोलीको प्रशिक्षण प्रवेश कटुवालले गरिरहेका छन् भने रोहित चन्दले पहिलो पटक नेपालको कप्तानी गर्दैछन् । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ । नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली उच्च मनोवलमा रहेको र पाकिस्तानलाई हराउन सक्षम रहेको बताएका छन् । यस्तै, संकटबाट उठेको पाकिस्तानी टोली जितको लागि उत्सुक रहेको पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरको भनाइ छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार