मोदी–सुनक भेटपछि बेलायतद्धारा ३ हजार भारतीयलाई भिसा जारी
काठमाडौँ– बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भारतका युवा पेशाकर्मीलाई बेलायतमा काम गर्नका लागि ३ हजार भिसा दिन स्वीकृति दिएका छन् ।
बेलायती सरकारले भारत यस्तो योजनाबाट लाभान्वित हुने पहिलो देश भएको बताएको छ ।
बेलायतको प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै भनेको छ, युके–भारत युवा पेशाकर्मी भिसालाई स्वीकृति दिइएको छ। यस अन्तर्गत १८ देखि ३० वर्ष उमेर समूहका मानिसहरूलाई ३००० भिसा जारी गरिएको छ, जो यहाँ आएर दुई वर्षसम्म यहाँ बस्न र जागिर पाउन सक्छन्।
डाउनिङ स्ट्रिटमा भएको यो घोषणा बालीमा चलिरहेको जी–२० शिखर सम्मेलनको छेउमा बेलायती प्रधानमन्त्री ऋषि सुनक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाटको केही घण्टापछि आएको हो।
भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनकले गत महिना पदभार ग्रहण गरेपछि मोदीसँगको यो उनको पहिलो भेट भएको हो ।
यो एउटा योजना हो जसमा भारत र बेलायत दुवैले एकअर्काका देशका नागरिकलाई भिसा दिनेछन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:१८
प्रतिक्रिया दिनुहोस्