नेपाललाई १९२ रनको सामान्य लक्ष्य
काठमाडौँ–दोस्रो एकदिवसीय खेलमा नेपालले जितका लागि १ सय ९२ रनको सामान्य लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३.२ ओभरमा १ सय ९१ रन बनाउँदा अलआउट भयो ।
यूएईका ओपनर मुहम्मद वसिम र वृत्या अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । पहिलो खेलमा यूएईसँग पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको प्रर्दशन गरेको छ । ३ खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३ विकेट लिए । यस्तै सोमपालले ७.२ ओभरमा ३५ रन दिए । करण केसी, गुल्सन झा, दिपेृन्द्र सिंह एरि र कुशल भुर्तलले समान १ विकेट झारे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:२९
प्रतिक्रिया दिनुहोस्