खरिद बिलबिना कपडा ओसारपसार गर्ने विरुद्ध मुद्दा
काठमाडौं–बिल बिजक बिनाको कपडा ओसारप्रसार गर्ने २ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले सर्लाहीका किरण विश्वकर्मा र धनुषाका कमलकुमार लामाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले प्रदेश २ ००१ख १९९७ नम्बरको सवारीमा बिना बिल बिजकको विभिन्न कपडा ओसारप्रसार गरेको पाइएको थियो । लुकाईछिपाई गरेर ल्याइएको उक्त कपडा बरामद भएकाले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।
उनीहरूकाविरुद्ध विभागले २४ लाख ९६ हजार ७३३ रुपैयाँ विगो दाबी गरेको छ । भन्सार महशुलतर्फको ३ लाख ६८ हजार २५० र मूल्य अभिवृद्धिकरतर्फको २ लाख ८७ हजार २३५ रुपैयाँसमेत गरी उक्त मूल्य मागदाबी गरिएको विभागको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १०:१९
प्रतिक्रिया दिनुहोस्