Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्धले काठमाडौँ–सुर्खेत उडान भर्ने

बिहीबार, मंसिर ८, २०७९
सुर्खेत–बुद्ध एयरले सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ । बुद्ध एयरले नेपालगञ्जबाट नियमित उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको हो । परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ । ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाडादर ७ हजार ५०० हुने बुद्ध एयरले जनाएको छ । अहिले सुर्खेत–काठमाडौंको भाडा ९ हजार देखि ११ हजारसम्म रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्