Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन गर्ने झुकेर अभिवादन ? यस्तो छ वैज्ञानिक फाइदा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडाैँ – नेपाली समाजमा कसैलाई श्रद्धापूर्वक अभिवादन गर्दा शिर झुकाउने परम्परा छ । हिन्दु धर्ममा आमाबुवा, गुरु र मान्यजनलाई खुट्टामा छोएर वा निधार राखेर ढोग्ने संस्कार छ । यसलाई कतिपयले परम्परादेखि चलिआएको संस्कार मान्दै निरन्तरता दिएका छन् भने कतिले यसलाई गलत मान्छन् ।

 

कसैलाई हृदयबाट श्रद्धा गर्दा उसको सामुन्नेमा झुकेर अभिवादन गरिन्छ । यो मान्यजन प्रति कृतज्ञता प्रकट गर्ने शैली पनि हो । आमा–बुवा, गुरु, मान्यजन वा आफ्ना आदर्श व्यक्तिलाई यसरी झुकेर अभिवादन गर्दा श्रद्धा समेत झल्किन्छ । झुकेर अभिवादन गर्ने संस्कार आधुनिक पुस्ताबाट हराउँदो क्रममा छ ।

 

धार्मिक मान्यतामा मान्यजनलाई झुकेर अभिवादन गर्नुपर्ने मान्यता छ । यो संस्कार नेपाल बाहेक अन्य कैयौँ मुलुकमा छ । धार्मिक ग्रन्थ र पुराणमा पनि देवताहरूले एक अर्कालाई झुकेर अभिवादन गरेको प्रसङ्गहरू छन् । यही परम्पराको निरन्तरता स्वरूप अहिले पनि मानिसहरू झुकेर अभिवादन गर्छन् । तर यो संस्कार धार्मिक र सामाजिक दृष्टिमा मात्र नभई विज्ञानको दृष्टिमा पनि सही मानिन्छ ।

 

अभिवादन गर्दा शिर झुकाउने वा आफ्नो हातले खुट्टामा छोइदिने गरिन्छ । यसलाई ‘चरण स्पर्श’ भनिन्छ । यस बाहेक खुट्टामा ढोग्ने पनि चलन छ । विज्ञानको दृष्टिमा यसका केही फाइदा पनि छन् ।

 

– कसैलाई अभिवादन गर्दा व्यक्तिमा प्रेम, विनय, विनम्रता, करुणा, श्रद्धा भाव पैदा हुन्छ । यस भावले मानिसलाई सकारात्मक र ऊर्जावान् बनाउँछ ।

 

– अभिवादन गर्दा यसले मानिस भित्रको रिस, आवेग र अंहकार कम भएर जान्छ । यसले मानिसमा भएको मानसिक विकार पनि हटाउँछ ।

 

– अभिवादन गर्दा वा कसैलाई प्रेमपूर्वक अँगालो हाल्दा पनि एक अर्का प्रति सद्भाव जाग्दछ । यसले भावनात्मक रूपले दुबैलाई जोड्ने काम गर्दछ ।

 

– कसैलाई झुकेर प्रणाम गर्दा वा चरण स्पर्श गर्दा शरीरको व्यायाम हुन पुग्छ । यसले रक्त प्रवाह राम्ररी हुन पाउँछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्