Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्मचारीलाई निष्ठापूर्वक निर्वाचन गराउन प्रतिवद्ध हुन आयोगको आग्रह

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।

 


शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको जानकारी गराए । 

 


उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् ।  

 


उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिएका हुन् ।  व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उनको निर्देशन छ ।  
प्रमुख आयुक्त थपलियाले निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउन भएकाले सचेत रहन समेत निर्देशन दिए ।  

 


निर्वाचन सामग्रीको दुरूपयोग हुन नदिन, कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानूनबमोजिम प्रतिकार गरी कदापि यस्ता कार्यको मतियार नबन्न समेत निर्देशन दिएका हुन् ।  

 


मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उनले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत भनेका छन् । 
प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भन्दै आइतबार सम्पूर्ण मतदाताहरूलाई मतदान गर्न आग्रह गरे । मतदानको दिन सञ्चारमाध्यम तथा अत्यावश्यक सेवाका सवारी साधनका लागि सवारी अनुमतिपत्र नचाहिने पनि उनले प्रष्ट पारेका छन् ।

 

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा पैसा बाँडेको उजुरी आए छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो उजुरी आए आयोगले छानबिन गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए । 

 


उनले मौन अवधिमा सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनको घटना नभएको दावी गरेका छन् । तर सामाजिक सञ्जालबाट दलका उम्मेदवार र उनीहरूका कार्यकर्ताले मत मागेका सामग्री प्रकाशन गरेर आचारसंहिता उल्लंघन गरिरहेका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न मतदाताहरूलाई अपिल समेत गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार