११३ वर्षीया वृद्धाले गरिन् मतदान
बैतडी–बैतडीको पाटन नगरपालिका– ४ की ११३ वर्षीया मानमतिदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् ।
पाटन ४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मत खसालेकी हुन् ।
अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् ।
यसैबीच बैतडीमा कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार बैतडीमा रहेको अस्थायी मतदान केन्द्रमा ५ जना कैदीबन्दीले मतदान गरेका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
यस्तै अस्थायी मतदान केन्द्रबाटै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरू र प्रमुख जिल्ला अधिकारीले पनि मतदान गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्