Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाल्पाको तानसेनामा खसालिएको मत रद्द, फेरि मतदान हुँदै

शुक्रबार, मंसिर ९, २०७९

पाल्पा–पाल्पाको तानसेन नगरपालिका–६ जनप्रिय मावि मतदान केन्द्रमा यसअघिको सबै मत रद्ध गरिएको छ ।

 


समानुपातिक तर्फको मतपत्र प्रदेश र प्रतिनिधि सभामा सटिएपछि मतदान प्रभावित भएको थियो । निर्वाचनमा खटिएका कर्मचारीको गल्तीले अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ । 

 


बिहान खसेको ६८ मत रद्द गर्ने सहमपतिपछि पुनः मतदान सुचारु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । यसअघि मतदान गरेका ६८ जनाले पनि पुनः मतदान गर्न पाउने सहमती भएको छ । 

 


साटफेर भएपछि विवाद भएको थियो । सर्वदलीय बैठक बसेर यस्तो सहमति गरेका हुन् । दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान हुनेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०२
प्रतिक्रिया दिनुहोस्