Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।

 

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

  
    
यहाँका तीन सय दुई मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ । थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार