७० प्रतिशत मात्रै मतदान हुने अनुमान
काठमाडौँ–निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् ।
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौँ उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको उनीहरुले बताएका हुन् ।
विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु मच हाल्न पुगेको उनीहरुको निष्कर्ष छ ।
आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढे पनि मतदाताहरुको उपस्थिति कम पाएको बताए ।
उनले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए । उनले कूल मतदाता मध्ये निर्धारित समय भित्र ७० प्रतिशतले मात्र मतदात गर्ने अनुमान रहेको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०४
प्रतिक्रिया दिनुहोस्