न्युजिल्यान्डविरुद्ध भारत विजयी
काठमाडौँ– सूर्यकुमार यादवको अविजित शतकप्रेरित भारतले न्युजिल्यान्डविरुद्धको टी–ट्वेन्टी अन्तर्राष्ट्रियको पहिलो खेलमा घरेलु टिमलाई ६५ रनले पराजित गरेको छ ।
बे ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भारतले ६ विकेटको क्षतिमा १९१ रनको योगफल तयार गरेको थियो ।
१९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई १८.५ ओभरमा १२६ रनमा अलआउट गर्दै भारतले पहिलो जित निकाल्यो । भारतका लागि सूर्यकुमारले ५१ बलमा ११ चौका र सात छक्कासहित १११ रनको शानदार शतकीय इनिङ खेले । यस्तै ओपनर इशान किशन ३१ बलमा ३६ रन बनाएर पेभेलियन फर्केका थिए ।
न्युजिल्यान्डका लागि टिम साउथीले सर्वाधिक तीन तथा ल्युक फर्ग्युसनले दुई र इश सोधीले एक विकेट लिए ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ५२ बलमा चार चौका र दुई छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभोन कोनवेले २५ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा न्युजिल्यान्डले घरेलु मैदानमा हार टार्न सकेन ।
बलिङतर्फ भारतका लागि दीपक हुडाले सर्वाधिक चार तथा युजभेन्द्र चहल र मोहम्मद सिराजले दुई–दुई विकेट लिँदा भुवनेश्वक कुमारको नाममा एक विकेट रह्यो ।
पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । अर्को निर्णायक खेल शुक्रबार अक्ल्यान्डमा हुनेछ ।