Nic Ad Nic Ad
Nic Ad Nic Ad

केपी ओलीको निर्वाचन क्षेत्रको मतगणना सुरु हुँदै

शुक्रबार, मंसिर ९, २०७९


झापा– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ ।

झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । उनका अनुसार झापा क्षेत्र नम्बर–२ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नम्बर–३ र ५ को मतगणना बिहान ८ सुरु हुनेछ 
यस्तै, क्षेत्र नम्बर–१ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

जिल्लामा ६७.२७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ मध्ये चार लाख ४६ हजार २५५ मत खसेको छ ।


निर्वाचन क्षेत्र नम्बर–१ मा ८७ हजार ३९६, क्षेत्र नम्बर–२ मा ८७ हजार ७२३, क्षेत्र नम्बर–३ मा ८९ हजार ६३७, क्षेत्र नम्बर–४ मा ७९ हजार तीन ३४९ र क्षेत्र नम्बर–५ मा एक लाख दुई हजार १५० मत खसेको सो कार्यालयले जनाएको छ । रासस

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्