Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोलुखुम्बुकाे लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सल्लेरी आइपुग्यो

शुक्रबार, मंसिर ९, २०७९

सोलुखुम्बु – सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगेको छ।

१३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङ ल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खुम्बुको ११ वटा मतदान केन्द्रमध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने बाँकी ९ ठाउँको मतपेटिका सङ्कलन पछि हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ। लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किन्जामा सङ्कलन गरेर राखिएकाले आज सोमवार गाडीमार्फत् ल्याउने सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो।

८ पालिका भएको जिल्लामा सोलुदुधकुण्ड नगरपालिकामा ३३, थुलुङ दुधकोशी गाउँपालिकामा २६, माप्यदुधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङ ल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र छन्।

हिजो आइतवार देशभर भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुमा करिब ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । ८१ हजार ५ सय २ मतदाता रहेको जिल्लामा करिब ३९ हजार ४ सय ३३ मत खसेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार