बाँके ३ मा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै
नेपालगंज–बाँके– ३ मा नेकपा एमालेले अग्रता लिएको छ । १२ सय ४८ मत मतगणना हुँदा एमालेले ६ सय मत प्राप्त गरेको छ । एमालेका तर्फबाट किस्मत कुमार कक्षपति उम्मेदवार रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसले ४ सय मत प्राप्त गरेको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका किशोर सिंह राठोर उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ४८ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट देवेन्द्र नाथ शुक्ला उम्मेदवार रहेका छन् । बाँके ३ मा कूल ७४ हजार २ सय १३ मत खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०३
प्रतिक्रिया दिनुहोस्