Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभा १२ क्षेत्रमा एमाले ७, कांग्रेस ३, स्वतन्त्र १ र जनमत १ मा अगाडि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं–प्रतिनिधिसभाको १२ वटा निर्वाचन क्षेत्रमा जारी मतगणनामा ७ क्षेत्रमा एमाले अगाडि रहेको छ । कांग्रेस ३, राष्ट्रिय स्वतन्त्र पार्टी १ मा र जनमत पार्टी १ क्षेत्रमा अगाडि छ । 

 


गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ । एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर– २ मा पछि परेका छन् । उनलाई कांग्रेसका दुर्लभ थापाले उछिनेका हुन् । 

 


यसैगरी, काठमाडौं  १, भक्तपुर २ र मुस्ताङमा कांग्रेस अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ मा अग्रता लिएको छ । 
राष्ट्रिय जनमत पार्टीका सिके राउतले सप्तरी– २ मा अग्रता लिइरहेका छन् । उनीसँग जसपाका उपेन्द्र यादव पछि परेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४५
प्रतिक्रिया दिनुहोस्