मुस्ताङ प्रदेशसभा १ मा नेपाली कांग्रेस विजयी
काठमाडौँ–मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन् ।
विजयी गुरुङले १ हजार ४८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे ।
विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए । यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो ।
प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन् । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:१४
प्रतिक्रिया दिनुहोस्