Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप हेर्न नेपालीलाई सास्ती

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– संसारमा सबैभन्दा बढी हेरिने खेल हो फुटबल । यस्तै पुरुष फुटबलको कुम्भमेला मानिने विश्वकप अहिले सुरु भएको  । नेपालमा पनि फुटबल त्यसमा पनि विश्वकप हेर्ने जमात ठूलो छ ।


हिजोबाट विश्वकप सुरु भएको हो । तर नेपाली दर्शकले सरल तरिकाले विश्वकप भने हेर्न पाएका छैनन् । पहिलोचोटी नेपालमा फुटबल हेर्नको लागि पैसा तिर्नुपरेको छ । फुटबल हेर्न पैसा तिर्नुपर्ने कुरामा ठूलो बहस सुरु भएको छ ।

दर्शकले मासिक शुल्क केबल अपरेटरलाई तिरिरहेको अवस्थामा किन फेरी तिर्नुपर्ने बताइरहेका छन् । विश्वकपको नाममा पैसा उठाएर मिडिया हबले ढाड सेक्नु सेकेको छ । 

तर जनताले पैसा तिर्न नजान्दा विश्वकप हेर्ने सपना अधुरै रहेको छ । यस्तै, पैसा तिर्न खोज्ने दर्शकको लागि पनि सहज छैन् । सर्भर ओभरलोड हुँदा इसेवा, खल्ती प्रयोगकर्ताले समयमा पेमेण्ट नहुँदा विश्वकप हेर्न पाएनन् । 

यस्तै, लाइभ बोडकास्टमा पनि समस्या देखिएको छ । बेला बेलामा अड्किने समस्या आएको देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५६
प्रतिक्रिया दिनुहोस्