Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं–९ : एमालेका कृष्णगोपालको जित पक्का

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठको जित पक्का भएको छ । अहिलेसम्मको मत परिणामअनुसार श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा छन् ।
यस्तै साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार