काठमाडौं–९ मा कृष्णगोपाल विजयी
काठमाडौं–नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौं–९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठ १००२० मतसहित विजयी भएका हुन् । यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । २०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०७
प्रतिक्रिया दिनुहोस्