Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबको तयारी पार्टीको संसदीय दलको नेता : गगन थापा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ–४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले आफू निर्वाचित भए लागतै अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने अडान दोहो¥याएका छन् ।

 


निर्वाचन मतपरिणाम घोषणा भए लगत्तै मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘यो निर्वाचनले स्थिर सरकार मात्रै होइन । देश हाँक्ने उपयुक्त चालक पनि खोजेको छ । त्यो हाम्रो पार्टीले मात्रै दिन सक्छ । हामीले पार्टीलाई एकताबद्ध गरेर नयाँ नेतृत्व दिन आवश्यक छ । त्यो यो निर्वाचनको मतले देखाइसकेका छन् ।’

 


‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’उनले भने । 

 


गठबन्धनले बहुमत प्राप्त गर्दै गठबन्धन नेतृत्वको सरकार बन्ने जिकिर गरे । जनतामा देखिएको आक्रोश र निराशालाई व्यवस्थापन गर्नु नै आगामी सरकारको चुनौती रहेको बताए ।

 


काठमाडौँ–४ का मतदाताहरुको ऋणी भएको उल्लेख गर्दै थापाले आफूलाई निर्वाचित गर्ने मतदाताको विश्वासमा ठेस लाग्ने कुनै काम नगर्ने समेत प्रतिवद्धता जनाए । उनले जनतामा गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्