Nic Ad Nic Ad
Nic Ad Nic Ad

सप्तरी २ ‘ख’ मा जनमतको महेश यादव विजयी

शुक्रबार, मंसिर ९, २०७९

राजविराज–सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमतका महेश यादव विजयी भएका छन् । सप्तरी २(ख)मा प्रदेशसभामा जनमत पार्टीबाट उम्मेदवारी दिएका महेश यादव विजयी भएका हुन् । 
यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत मात्रै ल्याउन सकेका छन् । 
सप्तरी २को (क)मा समेत जनमत पार्टीका सतिश सिंह लगभग जित नजिक छन् ।
सिंहले ताजा मतपरिणाम अनुसार १४ हजार ३ सय २२ मत ल्याउँदा जसपाका शैलेन्द्र साहले ६ हजार ७ सय ४९ मत मात्रै ल्याउन सकेका छन् । 
यो प्रदेशसभा क्षेत्रमा गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतान्तर अधिक रहेकाले सिंह समेत यो प्रदेशसभा क्षेत्रमा जित निकालि सकेका छन् । 
यस्तै, सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए । 
हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन् । 
यता जनमत पार्टीका नेता कार्यकर्ताहरुले त्यहाँ विजय जुलुश निकाल्ने तयारी समेत गरि सकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्