Nic Ad Nic Ad
Nic Ad Nic Ad

सप्तरी २ (क) मा जनमतका सतिश सिंह विजयी

शुक्रबार, मंसिर ९, २०७९

राजविराज–सप्तरी क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार जनमत पार्टीका सतिश सिंह विजयी भएका छन् ।
उनले मधेश प्रदेशका अर्थमन्त्री तथा जसपाका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई  पराजित गरेका छन् ।
सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दै विजयी भएका हुन भने साहले ८ हजार २सय ९२ मत प्राप्त गरेका छन् । सप्तरी २ को दुवै प्रदेशसभा क्षेत्रमा जनमत पार्टीले जित निकालेको छ । 
सप्तरी २(ख) बाट जनमत पार्टीका महेस यादव विजयी भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३७
प्रतिक्रिया दिनुहोस्