विश्वकप २०२२ः डेनमार्क र ट्युनिसियाको खेल सुरु
काठमाडौँ— कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाको खेल सुरु भएको छ ।
दोहाको एजुकेसन सिटी स्टेडियममा डेनमार्कले ट्युनिसियाको खेल भएको हो ।
युरोपियन राष्ट्र डेनमार्क अफ्रिकी टोलीलाई हराएर विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छ । डेनमार्क पहिलो खेलमै ३ अंक जोड्न चाहन्छ ।
तर, बलियो अफ्रिकी राष्ट्रविरुद्ध डेनमार्कलाई सहज हुने छैन । किनकि ट्युनिसिया समेत कतार विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ ।
हेड टु हेड
डेनमार्क र ट्युनिसियाबीच यो पहिलो भेट हुनेछ । यस अघि डेनमार्क र ट्युनिसियाबीच खेल भएको छैन ।
सम्भावित सुरुआती—११
डेनमार्क— कास्पर स्माइकल, डानिल वास,सिमोन कजेर,रास्मुस क्रिस्टेनसेन,जोआकिम मेह्ले, पिएरे इमिल होजवर्ग, थोमस डिलाने, आन्द्रेस ओल्सेन,क्रिस्टियन एरिक्सन,जास्पर लिन्ड्ट्रोम, कास्पर डोल्बर्ग
ट्युनिसिया — दाह्मेन, ड्रागर,ताल्बी, ब्रोन, अब्दी, लैडोउनी स्खिरी, चालाली, बेन स्लिमाने,मस्कानी, इशाम जेबाली
प्लेयर्स टु वाच—
यस खेलमा डेनमार्कका क्रिस्टियन एरिक्सन र ट्युनिसियाका इशाम जेबाली प्लेयर्स टु वाचमा रहने छन् । डेनमार्क एरिक्सन र ट्युनिसिया जेबालीको प्रदर्शनमा निर्भर रहने छ ।