यू–१९ राष्ट्रिय क्रिकेट: बागमतीको गण्डकीलाई २९४ रनको लक्ष्य
काठमाडौँ— काठमाडौँमा आजदेखि शुरु भएको वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९४ रनको लक्ष्य दिएको छ ।
त्रिवि खेलमैदानमा टस हारेर ब्याटिङ गरेको बागमती ४८।१ ओभरमा २९३ रनमा समेटियो ।
उसका उत्तम मगर र योगेश भाटले अर्धसतकीय पारी खेले । उत्तम ८७ र योगेश ५२ रनमा आयट भए ।
गण्डकीका लागि नितेश गिरी र सुदीप अर्यालले ३३ विकेट लिए ।
मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।
विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन्।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार पाउने नेपाल क्रिकेट संघले जनाएकोे छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:४५
प्रतिक्रिया दिनुहोस्