Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्पेन र कोस्टारिकाबीचको खेल सुरु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – फिफा विश्वकपको समूह ई को दोस्रो खेलमा स्पेन र कोस्टारिकाबीचको खेल सुरु भएको छ । अल थुमामा रगंशालामा हुने खेल राति पौने १० बजे सुरु भएको हो ।  

सन् १९३४ को पहिलो सहभागितामा नै क्वार्टफाइनलसम्मको यात्रा तय गरेको स्पेनले १९५० मा तेस्रो स्थानका लागि खेलेको थियो। 


विश्वकपमा छैटौँ पटक स्पर्धा गर्न लागेको कोस्टारिकालाई यो पटक अन्डर डग टोलीको रुपमा हेरिएको छ।

सन् २०१४ मा क्वार्टफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा पहिलो चरणबाटै बाहिरिएको थियो। 

फेरान टोरेस, पेद्री अल्भारो मोराटा, रोड्रि र अमेरिक लापोर्टे जस्ता स्टार खेलाडीले भरिएको स्पेन दोस्रो विश्वकप उचाल्ने दाउमा छ।  

गोलरक्षक केरोर नाभास कोस्टारिकाका भरपर्दा खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट १ सय ७ खेल खेलेका छन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्