गोरखा–२ बाट दोब्बर बढी मतले माओवादी अध्यक्ष प्रचण्ड विजयी
गोरखा–गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भएका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याए भने एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । त्यहाँ एमाले तेस्रो भएको छ ।
अघिल्लो पटक चितवनबाट निर्वाचित भएका प्रचण्डले यस पटक गोरखा पुगेर उम्मेदवारी दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:२६
प्रतिक्रिया दिनुहोस्