सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित
सुर्खेत— सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् ।
सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:२४
प्रतिक्रिया दिनुहोस्