विश्वकप २०२२: ब्राजिलविरुद्ध सर्बिया खेल सुरु
काठमाडौँ— फिफा विश्वकप फुटबलमा ब्राजिलको छुट्टै विरासत छ । ब्राजिल ५ पटकको कीर्तिमानी च्याम्पियन हो । यद्दपी ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन ।
ब्राजिलले आज बिहीबार राति सर्बियासँग खेल्दै कतार विश्वकपको यात्रा सुरु गरेको छ । समूह जी मा रहेको ब्राजिलले लुसाइल स्टेडियममा सर्बियाको सामना गर्दैछ। खेल राति १२:४५ बाट सुरु भएको छ ।
सर्बियाविरुद्ध मैदान उत्रदा ब्राजिल ५ पटकको च्याम्पियनको हैसियतले मात्र मैदानमा हुने छैन । कतार विश्वकपको उपाधि दाबेदारको रुपमा समेत रहनेछ । त्यसैले ब्राजिल सर्बियाविरुद्ध ३ अंकको खोजीमा हुनेछ ।
यता, सर्बिया पहिलो खेलमै अप्रत्यासित नतिजाको योजनामा हुनेछ । उपाधि दाबेदार टोलीलाई हराएर सर्बिया कतार विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छ । तर, ब्राजिलविरुद्ध सर्बियालाई जित निकाल्न सहज हुने छैन ।
हेड टु हेड
ब्राजिलले सर्बियाविरुद्ध हालसम्म दुई पटक प्रतिस्पर्धा गरेको छ । जसमा ब्राजिल अपराजित रहेको छ ।
२०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सर्बियालाई १(० ले हराएको थियो । यस्तै २०१८ मा भएको रुस विश्वकपमा ब्राजिलले सर्बियालाई २(० ले हराएको थियो ।
सम्भावित सुरुआती—११
ब्राजिल — एलिसन, डानिलो, मार्क्विन्होस, सिल्भा, सान्ड्रो, फ्रेड, कासिमिरो, नेयमार, पाक्वेटा, राफिन्हा, रिचार्लिसन
सर्बिया— भी मिलिन्कोभिच साभिक, मिलेन्कोभिच, मिट्रोभिच, पाभ्लोभिच, जिभ्कोभिच, गुडेल्जी,मिलिन्कोभिच साभिक, टाडीच, कोस्टिच, भाल्होभिच, ए। मिट्रोभिच
प्लेयर्स टु वाच
यस खेलमा ब्राजिलका नेयमार र सर्बियाका एलेक्जेण्डर मिट्रोभिच प्लेयर्स टु वाचमा रहेका छन् ।