Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारा-१ मा एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

बारा— बाराको निर्वाचन क्षेत्र नम्बर—१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत प्रसाद मैनाली विजयी भएका छन् । मैनालीले नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

२०७४ को चुनावमा मैनाली कांग्रेसका चौधरीसँग पराजित भएका थिए ।

एमालेका मैनालीले कांग्रेस सहमहामन्त्री चौधरीलाई १० हजार ६९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरे भने चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेश सभा सदस्यमा बारा १ ुखु बाट मधेस प्रदेशका सभामुख जसपाका सरोज प्रसाद यादव १५ हजार ९ सय २७ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र साह कलवारले ११ हजार ४० सय मत ल्याएका छन्।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्