Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरङ्ग ४ मा माओवादी केन्द्रका मोदी दोस्रो पटक विजयी

शुक्रबार, मंसिर ९, २०७९

विराटनगर— माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार अमनलाल मोदी फराकिलो मतान्तरले विजयी भएका छन । मोरङ्गको ४ नम्बर निर्वाचन क्षेत्रबाट एमालेका विनोद ढकाललाई पराकिलो मतान्तरले पराजित गर्दै  मोदी विजयी भएका हुन् । 

मोदीले ३० हजार ६१२  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४  हजार ४६३  मत पाएका छन् । यहाँ राप्रपाका रवि रिजालले ७ हजार ४६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटीले ५ हजार ३३३ मत पाएका छन् ।  

विजयी उम्मेदवार मोदीले २०७४ को निर्वाचनमा काँग्रेसका महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।    
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४८
प्रतिक्रिया दिनुहोस्