Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप फुटबल : दोस्रो चरणका खेल आजबाट

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–विश्वकप फुटबलमा आजदेखि दोस्रो चरणका खेल सुरु हुँदै छन् । यसअघि पहिलो चरणमा सबै टोलीले एक÷एक खेल खेलेका छन् । सबै टोलीले ३/३ खेल खेलेपछि अन्तिम १६ मा जाने देशको टुंगो लाग्ने छ । 
अन्तिम १६ बाट नकआउट चरणका खेल सुरु हुनेछन् । पहिलो चरणमा अर्जेन्टिना, जर्मनीजस्ता पूर्व विश्वविजेता हारेका छन् । अब दोस्रो चरणका खेलपछि धेरै समूहको आगामी यात्राको टुंगो लाग्ने छ । 


दोस्रो चरणमा खेल्ने टोलीहरू

दोस्रो चरणको पहिलो खेलमा आज वेल्स र इरान दिउँसो ३ः४५ खेल्दैछन् ।  यस्तै आजै आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार ६ः४५ बजे खेल्नेछ । 
आजै बेलुका ९ः४५ बजे  नेदरल्यान्ड्स  इक्विडर भिड्दा मध्यरात १२ः४५ बजे इङ्ल्यान्ड र अमेरिका आमनेसामने हुनेछन् ।
मंसिर १० गते दिउँसो ३ः४५ बजे ट्युनिसिया र अष्ट्रेलिया भिड्दा, रोवर्ट लेवान्डोस्कीको टिम पोल्याण्डले साँझ ६ः४५ मा साउदी अरेवियाको सामना गर्नेछ ।
पहिलो खेल मध्यरातमा खेल्ने फ्रान्सको दोश्रो खेल भने बेलुका ९ः४५ बजे सुरु हुनेछ । यो समयमा फ्रान्स र डेनमार्क भिड्नेछन् । समूह चरणको दोश्रो खेलमा अर्जेन्टिना र मेक्सीको राति १२ः४५ बजे भिड्नेछन् । 
मंसिर ११ गते एसियन पावरहाउस जापान र कोष्टारिकाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदा त्यसै साँझ ६ः४५ बजे बेल्जियम र मोरक्को भेट हुनेछन् । बेलुका ९ः४५ बजे क्रोयसियाले क्यानडासँग खेल्दा मध्यरातको खेल प्रतिक्षा लायक हुनेछ । त्यो रात दुई ठूला टिम स्पेन र जर्मनी १२ः४५ मा आमनेसामने हुनेछन् ।
मंसिर १२ गते दिउँसो ३ः४५ मा क्यामरुनले सर्वियासँग खेल्दा ६ः४५ मा दक्षिण कोरिया र घाना भिड्नेछन् । ९ः४५ मा ब्राजिलले स्वीजरल्याण्डसँग खेल्दा त्यो मध्यरात पोर्चुगल र उरुग्वे भिड्ने छन् । 
मंसिर १३ गतेबाट समूहका अन्तिम चरणका खेल सुरु हुनेछन् । अन्तिम चरणमा भने एउटै समूहमा दुई खेल हुनेछन् । एउटा समूहका सबै टोली एकसाथ भिड्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार