Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपेक्षित नतिजा आएन, दलहरूले गम्भीरतापूवर्क सोच्नुपर्छ : प्रचण्ड

शुक्रबार, मंसिर ९, २०७९

गोरखा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरको चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको टिप्पणी गरेका छन् । ‘अपेक्षा अनुसार नतिजा आएन । गठबन्धन दलहरुले केही गृहकार्य गर्नुपर्ने देखिएको छ । जस्तो परिणामको अपेक्षा थियो, त्यो आएन । अब काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्नेछ,’ अध्यक्ष प्रचण्डले भने ।


गोरखाका विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन आयोजित सभामा उनले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए । उनले विचार राजनीति सिद्धान्त, एजेण्डा नभई आवेगमा भ्रमित पार्ने संकेत देखा परेको पनि बताए । अध्यक्ष प्रचण्ड स्वंय गोरखा–२ बाट प्रतिनिधिसभमा निर्वाचित भएका छन् ।


प्रचण्डले भने, ‘तपाईंहरुको जिम्मालाई मैले जीवनको अन्तिम समयको अवसर र चुनौतीको रुपमा बुझेको छु । हाम्रो अपेक्षाअनुरुपको नतिजा आएन । नसोचेको केहि कुरा भयो भन्नेछ ।’  ‘सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको थियो । तर, यो निर्वाचनबाट उल्टाउने चेस्टा गरेको देखियो,’उनले भने । राजनीतिक दलहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।  उनले भने, ‘अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन, राजनीतिक दलहरुले गम्भीर रुपमा आत्मसमीक्षा गर्नुपर्ने देखियो । जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएनौं भने देश अप्ठ्यारोमा पर्छ । देश भुमरीमा पर्न सक्छ ।’


नयाँ उदय भएका राजनीतिक दलहरुप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा, सिद्धान्त, मूल्यमान्यताको अवमुल्यन हुने खतार बढेको बताए । ‘हामीले उनीहरुलाई गाली या आलोचना गर्ने भन्दापनि एकचोटी राजनीतिक नेतृत्वमा आत्मसमीक्षा गर्नुपर्ने अवस्थाको रुपमा मैले लिएको छु’ उनले भने ‘राजनीतिक नेतृत्वले नै सोच्नुपर्ने बेला आएको छ ।’


गठबन्धन र राजनीतिक दलका अघि अवसर र चुनौती दुबै देखिएको बताउँदै उनले भने, ‘यदी राजनीतिक नेतृत्वले गम्भीर भएर आत्मासमीक्षा गरेर आउने दिनमा जनताको लागि समर्पित हुने नीति योजना, कार्यक्रम नबनाउने हो भने देश अफ्ठ्यारोमा पर्न सक्छ ।’ 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार