Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । 
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ मण्डला थिएटरमा महोत्सव सुरु भएको हो । ९ दिनसम्म चल्ने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे । 
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकार सहभागी छन् । 
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्