Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाही–२ मा मतगणना अन्तिम चरणमा, महेन्द्र यादव अगाडि

शनिबार, मंसिर १०, २०७९

सर्लाही–सर्लाही –२ को प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन् ।  
रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोसँग झन्डै २ हजार मतले महेन्द्र राय अग्रता कायम गरेका हुन् ।  माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २० हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार महतोले १८ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् ।  
अहिलेसम्म सर्लाही–को प्रतिनिधि सभातर्फ ६६ हजार २ सय ३० मत मतगणना भइसकेको छ । अब करिब ८ हजार ५०० भन्दा बढी मत मात्र गन्न बाँकी रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्