अन्तर्राष्ट्रिय आइटीएफ टेनिस सोमबारदेखि, १० देशका खेलाडी सहभागी हुँदै
पोखरा–पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता सोमबारदेखि हुँदैछ । पोखरामा पाँचौ पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा १० राष्ट्रका १ सय ४० भन्दा बढी खेलाडी सहभागी हुने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
दुई साता चल्ने प्रतियोगितामा सर्किट १ र २ हुनेछ । प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष सम्मका ब्वाइज र गल्र्स तर्फ सिंगल्स र डबल्स प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले बताए ।
पोखरा रंगशालाको टेनिस कोर्टमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण कोरियाबाट १० जना, ताईपेईबाट ५ जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनबाट १ को सहभागी हुनेछन् । यसैगरी जापानबाट ३, श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ सहित ६४ जना खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
यसैगरी गल्र्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, अमेरिकाबाट २ जना, दक्षिण कोरियाबाट ६ जना, ताइपेइबाट ३ जना, हङकङबाट १, अष्टेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।