Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिफा विश्वकप २०२२ः साउदी अरेबियामाथि पोल्यान्डको सहज जीत

शनिबार, मंसिर १०, २०७९

काठमाडौँ– फिफा विश्वकप २०२२ फुटबलमा पोल्यान्डले साउदी अरेबियालाई २–० गोलले पराजित गरेको छ। आज भएको खेलमा पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। 

 

८२ मिनेटमा पोल्यान्डले अग्रता दोब्बर पार्न सफल भयो। साउदीका मिडफिल्डर अल माल्किले डिबक्समा बललाई राम्रोसँग नियन्त्रण गर्न नसक्दा लेवान्डोस्कीले डिबक्सबाट सहज गोल गरेका थिए। 

 

जितसँगै समूह ‘सी’ मा पोल्यान्ड दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउदीको ३ अंक छ भने मेक्सिको १ अंकसहित तेस्रो स्थानमा छ। पुछारको अर्जेन्टिना अंकबिहीन छ। आज राति मेक्सिको र अर्जेन्टिना भिड्दैछन्।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्