Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप २०२२ः अर्जेन्टिना विजयी

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको हो । 

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 

आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ००:३५
प्रतिक्रिया दिनुहोस्