चीनमा लकडाउन विरुद्ध विरोध प्रदर्शन
काठमाडौं–चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।
गत बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको मृत्यु भएको आरोप लगाएका छन् ।
चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुद पनि सङ्क्रमण फैलिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ ०५:०८
प्रतिक्रिया दिनुहोस्