स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटियो: इन्सेक
काठमाडौँ— अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ ।
अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ ।
सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ ०७:०७
प्रतिक्रिया दिनुहोस्