Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार,  एक जनाको मृत्यु

आइतबार, मंसिर ११, २०७९

काठमाडौँ–खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ । त्यस्तै उक्त घटनामा एक बच्चा सहित दुई जना घाइते भएका छन् । 

 

यानुशेभिचले भने कि रुसी सेनाले जानजान नागरिक पूर्वाधार र नागरिकहरू माति आक्रमण गरेको बताएको छ । रूसीहरूले निजी भवन, अपार्टमेन्ट भवनहरू तथा सार्वजनिक  विद्यालयहरूलाइ समेत निशाना बनाएका छन् ।  त्यस्तै खेरसन क्षेत्रमा आवासीय भवन, ग्यारेज र एउटा शैक्षिक संस्थामा आगलागी  गरिएको छ । त्यस्तै त्यहाँ नजिकैका आठ गाउँहरू आगोको चपेटामा परेका छन्। रुसी सेनाहरूले रणनीतिकरूपमा मानव वस्ती भएका क्षेत्रलाई  निशाना बनाई आक्रमणलाई तीव्रता दिएका छन् ।  

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार