सातवटा लघु बीमा कम्पनीले पाए लाइसेन्स
काठमाडौं । सात वटा लघु बीमा कम्पनीले सञ्चालन अनुमति पाएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाए । यस्तै निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाइसेन्स पाएको बोर्डले जनाएको छ ।
१५ वटा जीवन र १६ वटा निर्जीवन गरी ३१ वटा लघु बीमा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । लघु बीमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १४:०७
प्रतिक्रिया दिनुहोस्