तपाईँकै भान्सामा छन् तपाईँलाई सुन्दर बनाउने सामानहरू
काठमाडाैँ – आफूलाई सुन्दर पार्न मानिस विभिन्न सौन्दर्य प्रसाधनको प्रयोग गर्छन् । तर घरको भान्सामै केही यस्ता चीज हुन्छन् जसले मानिसलाई सुन्दर बनाउन मद्दत गर्दछ । मानिसलाई सुन्दर बनाउन भान्सामै पाइने केही सामाग्री र यसको प्रयोग बारे यी टिप्स तपाईँका लागी उपयोगी हुन सक्छ ।
– मेथी
हरेक नेपालीको भान्सामा पाइने मेथीको सेवनले पेटसम्बन्धी रोगबाट छुटकारा दिलाउँछ । मेथी खाँदा पेट सफा हुनुका साथै छाला स्वस्थ र चम्किलो हुन्छ । मेथीको सेवनले छालाका रोगहरू पनि निको हुन्छ । मेथीको पात पिसेर टाउको धोए कपाल बलियो र चम्किलो हुन्छ ।
– लसुन
एन्टी अक्सिडेन्ट गुणयुक्त लसुनले छाला चम्किलो र सुन्दर बनाउँछ । दैनिक एक पोटी लसुन चपाएर खाँदा छाला चाउरिँदैन र जवान देखिने गर्दछ । डण्डीफोर आउँदा पनि लसुन पिसेर अनुहारमा लगाएमा फाइदा पुग्दछ ।
– कागती
भिटामिन सि युक्त बहु उपयोगी गुण भएको कागतिको सेवनले छाला स्वस्थ हुन्छ । कागतीको रस अनुहारमा लगाउँदा डन्डिफोर आउँदैन । साथै डन्डिफोरको दाग पनि हराएर जान्छ । कागतीको रस छाला र कपालमा लगाउँदा दुवैमा चमक आउँछ ।
– अदुवा
एन्टिएजिङययुक्त अदुवाको सेवन निकै लाभदायक मानिन्छ । यसले वृद्ध अवस्थामा पनि छालालाई जवान बनाउँछ । बिहान खाली पेटमा नियमित अदुवा सेवन गरे छाला आकर्षक र सुन्दर देखिन्छ । अदुवाको रस अनुहारमा लगाएमा चाउरिएको छाला जवान हुन्छ ।
– टमाटर
भिटामिन सी र ए बाट भरिपूर्ण टमाटरको सेवनले छाला स्वस्थ रहन्छ । साथै छालामा चमक आउँछ । अनुहारमा टमाटर लगाउँदा रौँका छिद्रहरू बन्द हुन्छन् । साथै टमाटरको सेवनले अनुहारमा डन्डिफोर आउँदैन ।
– अमला
बहु गुणी अमला छालाका लागि लाभदायक मानिन्छ । अमलाको प्रयोगले कपाल, छाला चम्किलो हुन्छ । अमलाको नियमित सेवनले कपाल लामो, बाक्लो र बलियो हुन्छ ।