Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैवाहिक बन्धनमा बाँधिए सलोन र करिष्मा

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ–नायक सलोन बस्नेत र एयर होष्टेस करिष्मा केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । 


काठमाडौँको चन्द्रागिरी हिल्समा सोमबार बस्नेत र केसी धार्मिक परम्पराअनुसार विवाह गरेका हुन् । उनीहरु विवाह पञ्चमीको अवसर पारेर वैवाहिक बन्धनमा बाँधिएका हुन् । विवाह पञ्चमीलाई विवाह गर्ने दिनका रुपमा शुभ साइत मानिन्छ । 


सलोन र करिष्मा ३ वर्ष पुरानो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह अघि केसीको मेहन्दी लगाउने कार्यक्रम सम्पन्न भएको हो । मेहन्दी कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको सहभागिता थियो । त्यस अवसरमा सलोन र करिष्माले नृत्यका साथ साथै ‘कपल गेम’ पनि खेलेर रमाइलो गरेका थिए । करिष्मा र सलोनको भेट एउटा गीतको मोडल खोज्ने क्रममा भएको थियो । करिष्माको व्यक्तित्वबाट सलोनलाई आकर्षित गरेको थियो । करिश्मा त्यस बेला ‘र्‍याम्प वाक’ गर्थिन् । उनीहरुको भेट कामको शिलशिलामा भए पनि सम्बन्ध मित्रतामा बदलिँदै प्रेममा परिणत भएको थियो । सलोनका अनुसार उनीहरु दुवैका धेरै व्यवहारहरु मिल्दाजुल्दा छन् ।


सलोन अभिनित चलचित्र मिलन मंसिर ९ गतेबाट रिलिजमा आइ सकेको छ । चलचित्रको प्रचार–प्रसार र विवाहको तयारीले सलोनलाई भ्याइनभ्याई  बनाएको देखिन्थो । चलचित्र मिलनमा सलोन बस्नेतका साथमा कुशल शाह ठकुरी, शिल्पा थापा जस्ता कलाकारको पनि अभिनय रहेको छ । यस चलचित्रलाई टेक पौरही राईले निर्देशन गरेका हुन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्