Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवजात शिशु मृत्युदर घटेन

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ–पछिल्लो ५ वर्षयता नेपालमा नवजात शिशु मृत्युदर नघटेको सरकारी सर्वेक्षण रिपोर्टले देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) ले यस्तो तथ्याङ्क देखाएको हो ।
सर्वेक्षणअनुसार प्रत्येक १ हजारमा २१ जना शिशुको जन्मिएको १ महिनाभित्रै मृत्यु हुने गरेको छ । यो सङ्ख्या सन् २०१६ को सर्वेक्षणमा पनि उस्तै थियो । सोही अवधिमा जन्मिएको १ वर्षभित्र हुने बाल मृत्युदर भने ४ प्रतिशतले घटेको रिपोर्टले देखाएको छ । सन् २०१६ मा प्रतिहजार ३२ जनाको मृत्यु हुने गरेकोमा यो सङ्ख्या घटेर सन् २८ पुगेको छ ।
त्यस्तै, ५ वर्षमुनिका बालबालिकाको मृत्युदर पछिल्लो ५ वर्षमा ६ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ । सन् २०१६ मा यो सङ्ख्या ३९ प्रतिहजार रहेकोमा सन् २०२२ मा आइपुग्दा ३३ मा झरेको पाइएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार