Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वीरुकुममा सुत्केरीको शल्यक्रिया सेवा सुरु

सोमबार, मंसिर १२, २०७९

रोल्पा–पूर्विरुकुममा पहिलो पटक सुत्केरीको शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पताल घोषणा भएको ५ वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा शल्यक्रिया सेवा सुरु भएको हो । 
शनिबार अस्पतालमा पहिलो पटक एक जटिल अवस्थाकी सुत्केरीको शल्यक्रिया गरिएको हो । डा. नारायण बरालको टिमले भूमे गाउँपालिका–८ की सन्तु बुढाको अस्पतालमा सफलतापूर्वक पहिलो शल्यक्रिया गरेका हुन् ।  
अस्पतालका डा. सपना बि.कले पहिला फिजिकल सेटअप नभएका कारण सेवा प्रवाह ढिला भएको बताइन् । उनका अनुसार यो भेगका सुत्केरीहरू अब सेवा लिन बाहिर जानु पर्नेछैन । यहाँ अहिले अन्य शल्यक्रियाका लागि पनि तयारी भइरहेको अस्पतालले जनाएको छ । निक साईमन्स इन्सिच्युटले जनशक्ति उपलब्ध गराएपछि जिल्ला अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको हो । हाल इन्सिच्युटले ३ जना डाक्टर र १ जना नर्स अस्पतालमा उपलब्ध गराएको छ ।
जिल्लामा गतिलो स्वास्थ्य सेवा दिन नसकेपछि यहाँको अस्पतालले सामान्य बिरामीलाई समेत बाहिर जिल्ला रिफर गरिहेको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार