Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्राफिक प्रहरीद्धारा २२ सवारी चालक कारबाहीमा

सोमबार, मंसिर १२, २०७९

काठमाडौँ– ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का क्रममा अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको हो ।

 

कार्यालय सहप्रवक्ता, प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले विशेष चेकिङका क्रममा अवस्था ठीक नभएका पानी ट्याङ्कर, फोर्स गाडी र टाटासुमोलगायत सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, कालो धुवाँ फाल्ने र हेन्ड ब्रेक ठीक नभएका आठवटा सवारी साधन भने थप यान्त्रिक परीक्षण गर्नुपर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

 

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा दिउँसो गरिएको चेकिङका क्रममा हेन्ड ब्रेक नभएका, लाइट नभएका, कालो धुवाँ फाल्ने र टायर धेरै खिएकालगायत अवस्था ठीक नभएका एक सय ५० वटा सवारी साधन चेकजाँच गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार